बलीउड नायिका प्रियंका चोपडाले ‘ट्राभलर’ म्यागजिनको लागि गरिएको कभर फोटोसुटका लागि माफी मागेकी छिन् । उक्त फोटो ‘असंवेदनशील’ भएको भन्दै मानिसहरुले निकै आलोचना गरिरहेका छन् । वास्तवमा उनले फोटोसुटको क्रममा लगाएको टिसर्टमा लेखिएका शब्दहरुमाथि मानिसहरुले आपत्ति जनाएका थिए । टिसर्टमा माइग्रेन्ट (प्रवासी), रिफ्युजी (शरणार्थी), आउटसाइडर (बाहिरको व्यक्ति), ट्राभलर (यात्री) लेखिएको छ जसमध्ये सुरुका तीन शब्दलाई रातो धर्काले कोरिएको छ । प्रियंका चोपडालगायत उक्त म्यागजिनलाई उक्त तस्बिरका लागि आलोचना गरिएको छ । मानिसहरु आफ्नो इच्छाले शरणार्थी बन्ने होइन भन्दै उनीहरुको यी शब्दमा आपत्ति थियो ।
सोसल मिडियामा पनि थुप्रै मानिसरुले यो कभर फोटोका लागि प्रियंका चोपडामाथि नकारात्मक टिका टिप्पणी गरिरहेका छन् । प्रियंका चोपडाले एनडीटीभीसँग कुराकानी गर्दै आफूले यसको लागि माफी मागेको बताएकी छिन् ।