बलीउड अभिनेत्री गौहर खान नेपाल आएकी छिन् । उनले इंस्टाग्राममार्फत यस्तो जानकारी दिएकी हुन् । उनी एक प्लास्टिक सर्जरी कम्पनी ‘आल्मा लेजर्स’ का लागि नेपाल आएकी हुन् । उनले इंस्टामा ‘म नेपाल यात्रा गर्दैछु’ भन्दै एक तस्बिरसहित पोष्ट गरेकी छन् ।
गौहर खान भारतीय रियलिटी शो ‘बिग बोस सीजन ७’ की विजेता हुन्। उनीले ‘गेम’ र ‘फिभर’ जस्ता हिन्दी चलचित्रहरूमा अभिनय गरेकी छिन्। अभिनेत्री निगार खान उनकी ठुली बहिनी समेत रहेकी गौहर खान सन् २००३ देखी बलीउड फिल्म उद्योगमा आफुलाई स्थापित गराउने प्रयत्नमा छिन् । २००४ मा गौहरले मधुर भण्डारकरको फिल्म ‘आन : मैन एट वर्क’ मा एक आइटम डान्स गरेका थिइन् । डान्स रियालिटी शो ‘झलक दिखला जा’ मा पनि उनको डान्सलाई निकै प्रशंशा गरिको थियो । ‘रकेट सिंह : द सेल्समैन अफ द ईयर’ (२००९) मा गौहरलार्इ महत्वपूर्ण भूमिकामा देखिएको थियो । रणवीर कपूर अभिनीत यस फिल्ममा गौहरले ‘कोएना शेख’ नामक यूवतीको भूमिका निर्वाह गरेकी थिइन् र उनको अभिनयलार्इ दर्शकले मन पराएका थिए । ‘वान्स अपन ए टाइम इन मुंबई’ (२०१०) मा गौहर माथि छायांकन गरिएको आइटम गीत ‘परदा परदा’ निकै पपुलर भएको थियो । ‘गेम’ (२०११) मा पनि गौहर देखिएकी थिइन्, तर फिल्म सुपर फल्प भएका कारण उनलाई नोटिस गरिएन् । इशकजादे (२०१२) मा पनि गौहरले ‘चांद बेबी’ को रूपमा एक आइटम डान्स गरेकी थिइन् ।