बलीउड अभिनेत्री तथा पूर्व पोर्नस्टार सन्नी लियोनीलाई चिकित्सकहरुले शुद्ध शाकाहारी भोजन गर्न सुझाब दिएका छन् । उनलाई मदिरा, दुधजन्य पदार्थ र मसालेदार खाना नखान पनि सल्लाह दिएका छन् । चिकित्सकको सल्लाह बमोजिम उनले आफु शाकाहारी भएकाले मासु नखाँदा कुनै फरक नपर्ने बताएकी छिन् । त्यस्तै उनले अब मदिरा नपिउने र चिनी नखाने पनि निर्णय गरेको बताइन् ।
आफुलाई स्वास्थ्य सम्बन्धि समस्या भएको जानकारी दिँदै सन्नीले ट्वीट गर्दै भनेकि छिन् ‘म अस्वस्थ छु, मेरो रगलाई शुद्ध पार्नुपर्ने भएको छ ।’ आफ्नो शरिर गर्मी भएकाले विषेश चिया पिउने गरेको जानकारी दिँदै उनले भनेकी छिन् ‘अहिले मैले पिउने चियाको स्वाद निकै नमिठो छ’ ।