तिहार नजिकिएसँगै पूर्वी पहाडी जिल्ला पाँचथरमा ढाकाका कपडाको ब्यापार बढेको छ । अन्य समयका तुलनामा अहिले ढाकाको ब्यापार वढेको ब्यवसायीहरु बताउँछन् । दैनिक ४-५ वटा ढाकाको टोपी बिक्री हुने गरेको भए पनि तिहार नजिकिएसँगै दैनिक ३ दर्जनको हाराहारीमा बिक्री हुने गरेको ब्यवसायीहरुको भनाइ छ ।
यस्तै ढाकाको मफ्लर, ओड्नेलगायत सामानको पनि उल्लेख्य बिक्री बढीको छ । तिहारमा दिदी बहिनीसँग टीका लगाईसकेपछि दाजुभाईले ढाकाका कपडा र दिदीबहिनीहरुले पनि आफ्ना दाजुभाईलाई ढाकाको टोपी दिने चलन छ ।पाँचथरमा निर्माण गरिने ढाकाका सामान इलाम, झापा तथा काठमाडौंसम्म लैजाने गरिएको छ । पाँचथर सदरमुकाम फिदिममा मात्रै अहिले २ दर्जन बढी ढाका ब्यवसायी छन् । इमेजबाट