वि.सं २०६० देखि नेपाली चलचित्र जगतमा चम्कीएका निखिल उप्रेतिको अहिले फेरी चर्चामा छन् । पहिलो फिल्म पिँजडाबाट नै एक्सन नायकको रुपमा आफ्नो परिचय बनाएका निखिल, एक्सन प्रदान चलचित्र भैरव लिएर ५ बर्षपछि फेरी नेपाली सिने क्षेत्रमा फर्किएका थिए । तर, उनी आफैँ भने भलिबल, सुरक्षा निकाय र च्याकीचेनका फ्यान हुन् ।
एक्सन नायकको छवि उचाईमा पुर्याउन उनले अनेक तालिम गरेका छन् । मार्सल आर्टका उनी ब्ल्याक वेल्ट खेलाडि हुन् । उसुको तालिम पनि गरेका छन् । फिल्मसम्बन्धी मुम्बई पुगेर अध्ययन गर्न समेत उनले भ्याएका छन् । बलिउड कलाकार रानी मुखर्जी, रोहित सेट्टी भैरवका निर्माण सहयोगी निखिलका सहपाठी हुन् ।
नायिका सञ्चीता लुईँटलसँगको दोश्रो विवाहपछि एकाएक हराएका निखिल आफ्नो एक्सन कौशल वृद्धिमा लागेका रहेछन् । उनले सो समयमा प्याराग्लाईडिङको एक्रो पाईलट बन्नका लागि तालिम लिए । स्काई डाईभिङ गर्नका लागि उनले करिब सात लाख पनि खर्चिए । यो तालिम उनको अविष्मरणीय क्षण बनेको छ । १५ हजार मिटर माथि हवाईजहाजबाट हामफल्दाको पल उनी कहिल्यै बिर्सीदैनन् ।
नौ तलाबाट हाम फालेको दृश्यले चर्चामा आएका निखिल नेपाली चलचित्रमा त्यस्तो स्काई डाईभ पनि देखाउने सोचमा छन् । थाईल्याण्ड पुगेर उनले यो तालिम पुरा गरिसकेका छन् । बजेट गतिलो भएमा मात्र यी दृश्य देखाउन सकिने भएकाले अब बनाउने फिल्ममा नेपाली दर्शकलाई नेपाली फिल्ममै यस्ता दृश्यहरु समेत देखाउने इच्छा उनीभित्र छ ।
सानोमा चित्र बनाउनमा मग्न रहन्थे निखिल । साथीभाईका पनि चित्र कोर्थे । चित्र कार्न छाडेको वर्षौँ भईसकेकाले अब चाहिँ गाह्रो पर्छ की ? उनी भन्छन् । पछि उनी एक्सनतर्फ आर्कषित भए । त्योसँगै किशोर अवस्थामा उनलाई प्रहरी बन्ने इच्छा पनि जागेको थियो । तर, उनले यो इच्छा फिल्महरुबाट पुरा गरेका छन् ।
उनले थुप्रै फिल्महरुमा प्रहरी भएर खेल्नुको पछाडि यहि उनको मनको इच्छा पनि हो । चलचित्र अभिमन्युमा उनी डिएसपी शर्मा भएर अभिनय गरेका छन् । चोर सिपाहिमा पनि उनी प्रहरीकै रुपमा देखिएका छन् ।
उनी भन्छन्, ‘कलाकारीतातर्फ नलागेको भए सायद म सुरक्षा निकायतर्फ नै हुन्थे की ? प्रहरी भएको भए रमेश खरेलजस्तै बन्थे । त्यसैले कर्मठ प्रहरी अफिसरको भूमिकामा बढी देखिने गर्छु । म यदि नायक नभएको भए भैरवमा देखिएको जस्तै प्रहरी हुने थिएँ ।’