बलीउड रिपोर्ट्सको खबरलाई मान्ने हो भने एक्ट्रेस बिपाशा बसु चाँडै आमा बन्दैछिन् । Spotboye.com का अनुसार, बिपाशा बसु र करण सिंह ग्रोवर हालैमा स्त्री रोग विशेषज्ञसँग सल्लाह गर्न पुगेका थिए । यहाँ सम्म कि गएको महिना बिपाशा कयौ पटक डाक्टरसँग स्वास्थ्य सम्बन्धी सल्लाह लिनका लागी पुगेकी थिइन् । करण(बिपाशासँग यस विषयमा भारतीय मिडियाहरुले सोधेका थिए र यस विषयमा अहिलेसम्म उनीहरुले कुनै जबाफ दिएका छैनन् ।
केही समयदेदी उनीहरुको सम्बन्ध राम्रो नभएको खबरहरु पनि बाहिर आएको थियो । बताइएको छ कि बिपाशा, करणका फ्रेण्ड सर्कलदेखी खुसी छैनन् । तर अब लागिरहेको छ कि उनीहरुको जिन्दगीमा खुसीयाली आउँदैछ ।
यि दुई एक बर्षसँग डेटमा रहेर यसै बर्षको अप्रिलमा विवाह गरेका थिए ।