आलिया भट्टले आफू अभिनित फिल्म ‘उड्ता पंजाब’ बाट अवार्ड नजिते आफूलाई नराम्रो लाग्ने बताएकी छिन्। कफी विद करणको स्क्रिनमा आलियाले आफूले ‘उड्ता पंजाब’ मा राम्रो गरेको र सो फिल्मबाट अवार्डको आशा भएको बताएकी हुन्।
आलियाले सो शोमा निर्जा फिल्ममा सोनम कपूरको प्रस्तुतिको पनि तारिफ गरिन्। उनले भनिन्, ‘उड्ता पंजाबबाट मैले कुनै अवार्ड पाइनँ भने मलाई अवश्य नराम्रो लाग्छ।’
अभिषेक चौबे निर्देशित फिल्ममा आलियाले पंजाबमा उत्पीडित युवतीको भूमिका निर्वाह गरेकी थिइन्।
आलिया अभिनित नयाँ फिल्म ‘डियर जिन्दगी’ को टिजरहरु सार्वजनिक भएका छन्। फिल्ममा उनी साहरुख खानको अपोजिटमा देखिँदैछिन्।