अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लोकमानसँग निकट रहेका सरकारी पहुँचवाला अधिकारीहरुको वैकको एकाउन्ट र लकर रोक्का गरेको छ ।
लोकमानसँग निकट रहि अकुत सम्पत्ति आर्जन गरेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा, भुकम्प पछाडि त्रिपाल काण्डमा मुछिएका सचिव अर्जुन कुमार कार्की,सिंचाई मन्त्रालयका सचिव गजेन्द्र ठाकुर,पिआरधारी सह सचिव धनराज ज्ञवाली सहित भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गनाले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा तिनको बैंकको लकर र बैंक एकाउन्ट रोक्का गरेको हो ।
हाल अर्जुनकुमार कार्की नेपाल ट्रष्टको कार्यालयमा, गजेन्द्रकुमार ठाकुर सिचाई, चुडामणि शर्मा सहसचिव तथा आन्तरिक राजस्व कार्यालयका महानिर्देशक ,सहसचिव धनराज ज्ञवाली कानुन मन्त्रालयमा कार्यरत छन ।
भन्सार विभागका महानिर्देशक शिषिर ढुंगाना सहित नेपाल प्रहरीका बहालवाला एआईजी प्रताप थापा र विरेन्द्रबाबु श्रेष्ठमाथि पनि छानविन थालिएको स्रोतले बताएको छ ।
कामु प्रमुख आयुक्त दीप बस्न्यात नेतृत्वमा रहेको अख्तियारले तानेका धेरै उच्चपदस्थहरू यसअघि ‘लोकमान निकट’ र ‘पहुँचवाल’का रुपमा चिनिन्छन । -एस काठमाडौं