लामो समयदेखी अरबाज खान र मलाइका अरोराबीचको सम्बन्ध चर्चामा रहेको थियो । २३ वर्षे लामो सम्बन्ध तोड्न अन्तत उनीहरु अदालत पुगेका छन् । दुई परिवारबीच उनीहरुलाई प्याचअप गराउन ठुलो प्रयास गरे पनि असफल भएका छन् ।
दुवैजनाको सहमतिका आधारमा उनीहरु डिभोर्सका लागि बान्द्रास्थित रहेको फ्यामीली कोर्टमा उनीहरु पुगेका हुन् । उनीहरुले वकिलसँग डिर्भोसका लागि केश दर्ता गराएका छन् ।
उनीहरु मिल्ने खबरले एकपटक ठुलो चर्चा पाएको थियो । पारिवारीक दबाबका कारण केही समय उनीहरु चुप लागेर बसेका थिए । अब भने आधिकारीक रुपमा नै छुट्टिन तयार भएका छन् । केही दिन अघि छोराको जन्मदिनमा उनीहरु लगातयत परिवारका अन्य सदस्यहरु सँगै देखिएका थिए ।
मार्च महिनामा एक रिर्पोट गर्दै उनीहरुले आफु छुट्टिन लागेको बताएका थिए । मलाइका त्यसपछि छोरा अरहानलाई लिएर बेग्लै बस्दै आइरहेकी थिइन् ।