बलिउड अभिनेता सुनील शेट्टीकी छोरी अथिया शेट्टी पनि बलिउडमै आफ्नो करिअर बनाउने दौडमा छिन् । सुनिलले संघर्षरत छोरीलाई आफ्नो ताकतको संज्ञा दिएका छन्। बिबिसी हिन्दीसँग कुरा गर्दै उनले भने, ‘मलाई लाग्छ, कुनै मान्छेलाई जिन्दगीमा तीन महिलाले अगाडि बढ्न मद्दत गर्छन् – आमा, पत्नी र छोरी। हामीले जीवनमा यी तीन नारीको सम्मान गर्न नसके हाम्रो पनि सम्मान रहँदैन।’
छोरी अथियाको पहिलो फिल्म ‘हिरो’ फ्लप भए पनि सुनिल छोरीको क्षमताबाट आशावादी छन्। ‘फिल्म नचलेकोमा दुःखी छु तर छोरीले हिम्मत नहारेकोमा त्योभन्दा बढी खुसी छु’, सुनीलले भने।
सुनिलले बलिउडमा स्थापित हुन भने महिला मात्र होइन पुरुष कलाकारले पनि शोषण सहनुपर्ने बताए। ‘जसलाई फिल्मी भाषामा कास्टिङ काउच भनिन्छ। यस्तो किसिमका शोषण रोक्नलाई एउटा कास्टिङ एजेन्सी खोल्ने मन छ’, उनले सुनाए।