ब्राण्ड पिटले एन्जेलिना जोलीसँग अलग भएपछि थैंक्स गिविंग डे बिना बच्चा नै मनाएका छन् । एक वेबसाइटका अनुसार पिट थैंक्स गिविंग डेमा आफ्ना ६ बच्चा उनको साथमा थिएनन् । जानकारीका अनुसार, एन्जेलिनाले ब्राण्ड पिटलाई थैंक्सगिविंग डेमा बच्चाहरुसँग मनाउनका लागी इनवाइट गरेकी थिइनन् । यसभन्दा अगाडी पूरै परिवारले एक साथ थैंक्सगिविंग डे मनाएका थिए ।
जोलीसँग अलग भएपछि पिटले अहिलेसम्म आफ्नो बच्चासँग तीन पटक मिलिसकेका छन् । पिटलाई बच्चा विरामी भएको अबस्थामा मात्र मिल्न सक्ने इजाजत छ । निजी विमानमा छोरा मैडक्सको साथ भएको विवादपछि पिटमाथी दुव्यर्वहारको पनि आरोप लागेको थियो । तर, एफबीआईले उनलाई क्लीन चिट दिइसकेका छन् । यो घटनापछि जोलीले पिटसँग सम्बन्ध विक्षेदका लागी मुद्धा दर्ता गराएकी थिइन ।