साउथ इण्डियन एक्ट्रेस मीरा जैसमिनले भनेकी छिन् कि महिलाहरुमाथी हुने सेक्शुअल असल्ट गर्नेलाई दर्दनाक सजाय दिने एकमात्र उपाय छ र त्यो हो उनीहरुलाई नपुंसक बनाउने । रेप र मर्डरको शिकार भएकी एक यूवती एक्टर अनूप मेननसँग आफ्नी आमासँग प्रेस कन्फ्रेन्समा थिइन । त्यस दौरान मीराले भनिन्, ‘रेप जस्तो क्राइमबाट लड्नका लागी अहिलेको कानुन पर्याप्त छैन ।’
मीराले भनिन्, ‘रेप र महिलामाथी हुने सेक्शुअल असल्ट गर्ने अपराधीलाई दर्दनाक सजाय मिल्न आबश्यक छ । यस्ता मान्छेहरुसँग लड्ने एकमात्र उपाय छ कि उनीहरुलाई नपुंसक बनाइदिनु पर्छ । जब यस्तो सजायको कानुन बन्छ तब कुनै पनि महिलालाई कसैले छुन सक्ने हिम्मत राख्दैनन् ।’ ३४ बर्षकी मीरा साउथ इण्डियन फिल्मकी फेमस एक्ट्रेस हुन् ।