आफ्नो साहास र अभिनय क्षमताका कारण बलिउडमा छुट्टै पहिचान बनाउन सफल विद्या बालनले आफ्नो पर्सनालिटी अनफिट हुन दिएकी छैनन । तर, उनले आफ्नो मोटोपनाको कारण धेरै नराम्रो प्रतिक्रियाहरु सुन्न परेको खुलाशा गरेकी छन् ।
एक म्यागेजिनलाई दिएको अन्र्तवार्तामा उनले भनेकी छन् कि जब उनी चलचित्र घनचक्करमा काम गर्दै थिइन्, त्यती खेर उनको तौल अलि धेरै बढ्यो ।
उनी आफ्नो बढेको फिगर बाट खुशी त थिइनन् तर यो कुरा उनको फिल्म द डर्टी पिक्चरको लागि भने राम्रो थियो । विद्याको भनाईलाई उद्घृत गर्दै भारतीय संचारमाध्यमले भनेका छन् –‘उनी आफ्नो शरिर देखी आफै सन्तुष्ट थिइनन् र अरुले गर्ने प्रतिक्रियाले झनै पिरोल्थ्यो ।’
औषधी खाँदा पनि छाडेनन्
उनको मोटोपन बढेपछि उनको शरिलाई लिएर धेरै चर्चा हुनथाल्यो । यतिसम्म कि उनी अस्वस्थ रहँदा पनि उनका आलोचकहरु उनलाई मोटी भन्न छाडेनन् ।
उनले भनेकी छिन् कि, आलोचनाको सामना उनले त्यस समय गर्न पर्यो जतिबेला उनी साढे तिनवर्ष देखी औषधि खाइरहेको कारण औषधिको साइडइफेक्टले मोटाएकी थिइन् ।
त्यसो त उनलाई मोटाएकै स्वरुपमा पनि सेक्सी देखिएको भन्नेहरु प्रसस्तै थिए । उनी आजकाल नियमित एक्सरसाइज गर्छिन । उनी आफ्नो शारिरिक बनावटबाट आफै असन्तुष्ट भएपनि उनको शरिरलाइ लिएर भैरहेको चर्चाले भने उनलाई पटक्कै छुँदैन ।
आजकाल उनलाई उनको मोटोपनालाई लिएर हुने नकरात्मक टिप्पणीले खासै छुदैंन । उनी आफ्नो शरिर जस्तो छ त्यसैमा राम्रो मान्छिन । परिस्थिती र अरु मान्छेको सोच नबदलिएपनि उनले आफ्नो सोच भने बदलिसकेकी छन् ।