बलीउडस्टार शाहरुख खान स्टारर चलचित्र ‘रइस’ को ट्रेलर सार्वजनिक भएको छ । लामो समयदेखी प्रदर्शन मिति फाइनल गरेर पनि प्रदशनमा आउन नसकेको चलचित्र ‘रइस’ अब भने २०१७ को जनवरी २५ मा प्रदशन हुने पक्का भइसकेको छ । ट्रेलरमा शाहरुख खान एक्शन अवतारमा प्रस्तुत भएका छन् भने दमदार संवादहरु पनि सुन्न सकिन्छ । यो चलचित्रमा शाहरुखका अलवा माहिरा खान, नवाजुद्दिन सिद्धिकी लगायतका कलाकारको मुख्य भूमिका छ । राहुल ढोलाकियाले यो चलचित्रको निर्देशन गरेका हुन् । यो चलचित्रमा नायिका सन्नी लियोनीले आइटम नृत्य गरेकी छिन् ।