रजनीकान्तले तामिलनाडुकी पुर्व मूख्यमन्त्री जयललिता उनको कारण १९९६ को चुनाव हारेको बताएका छन् । रजनीकान्तले जयललिताको राजनीतिको आलोचना गरेका थिए ।
आइतबार साउथ इण्डियन आर्टिस्ट्स एसोसियशनको शोक सभामा रजनीकान्तले भने,‘मेरो आलोचनाका कारण उनी आहत भएकी थिइन् ।’ डिसेम्बर ५ मा जयललिताको चेन्नइस्थित रहेको एक हस्पिटलमा उनको मृत्यु भएको थियो । २० वर्ष अघि आफुले दिएको टिप्पणीबारे रजनीकान्त बोलेका थिए । त्यस समय रजनीकान्तको बयान निकै चर्चामा रहेको थियो । उनले भनेका थिए,‘यदी जयललिताको सत्तामा पुनरागमन भएमा भगवानले पनि तामिलनाडुलाई जोगाउन सक्ने छैनन् ।’ रजनीकान्तले उनलाई सम्झदै भने,‘सम्बन्धमा तिक्तता रहे पनि जब उनी मेरी छोरीको विवाहमा आइन तब म निकै खुसी भएको थियो ।’ ‘मैले सोचेको थिए जयललिता आउने छैनन् ।’ उनले भने । जयललिता कोहिनुर झै चम्कि रहेको रजनीकान्तले बताए । जयललिताको निधन पश्चात चौफर्ती दुःखको माहोल रहेको छ । यसका कारण पनि रजनीकान्तले जन्मदिन नमनाउने निर्णय लिएका थिए । ६६ वर्षमा प्रवेश गरेका रजनीकान्तले जन्मदिनको ब्यानर पोष्टर नलगाउन आग्रह समेत गरेका थिए ।