पाकिस्तानी ‘चायवाला’ अर्सद खानको जीवन नै परिवर्तन भएको छ। साधारण चिया व्यापारीबाट मोडल भएका उनले बलिउड अभिनेतालाई टक्कर दिदैँ हालै एसियाका आकर्षक पुरुषको सूचीमा परेका छन्। उनको टक्कर यतिमै सेलाएको भने छैन। अर्सद अब अभिनेता पनि बन्ने भएका छन्। उनले हालै ‘कबिर’ फिल्मका लागि साइन गरेका छन्।
आफूले पहिलो फिल्म साइन गरको बताउँदै उनले भनेका छन्, ‘फिल्ममा मेरो लागि राम्रो भूमिका हुनेछ। दर्शकले यो फिल्म हेर्नुहुनेछ र रुचाउनुहुनेछ भन्ने मलाई आशा छ।’ उनको फिल्म इदमा रिलीज हुने बताइएको छ। पाकिस्तानी फोटोग्राफर जिया अलीले १८ वर्षीय अर्सदको फोटो सामाजिक संजालमा राखेपछि उनी रातारात चर्चित भएका हुन्।