बलीउड फिल्महरु हिरोहरुबिना अपुरो छन् । तर, हिरोको हिरोइजम प्रस्तुत गर्न पनि भिलेनको आवश्यकता पर्दछ । उनीहरुको क्रुरता, डरलाग्दोपनका कारण फ्यानहरुले उनीहरुलाई सम्झने गर्छन् तर उनीहरुलाई मन भने पराउँदैनन् । उनीहरुको डाइलगलाई लिएर फ्यानहरुमा खुबै ठुलो चर्चा हुने गर्छ । केही चर्चीत भिलेनका छोरीहरुले बलिउडमा आफ्नो बेग्लै स्थान बनाइसकेका छन् भने केहीले अरु क्षेत्रमा नै आफ्नो करिअर बनाएका छन् ।
आउनुहोस् हेरौं चर्चित भिलेनका छोरीहरु के गर्छन् ।
१. शक्ति कपुर
कुनै समयका चर्चीत भिलेन शक्ति कपुरलाई पछिल्लो समय कमेडियनको रुपमा चिनिन थालिएको छ । बलिउडमा उनको भिलेन भुमिकालाई लिएर ठुलो चर्चा हुने गरेको थियो । सन् १९५८ मा जन्मेका शक्तिले हालसम्म ७५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनको दुई सन्तान रहेका छन् । श्रद्धा कपुर र सिद्धान्त कपुर । शक्ति कपुरकी छोरी श्रद्धा कपुर बलिउडकी ए लिष्ट अभिनेत्री हुन् । उनले बलिउडमा आफ्नो बेग्लै स्थान बनाइसकेकी छिन् । फिल्म ‘आशिकी’, ‘इक भिलेन’, ‘एबिसिडी’, ‘बागी’ जस्ता हिट फिल्महरु दिएकी छिन् ।
२. रञ्जित
रञ्जितको असली नाम गोपाल बेदी हो । तर, उनले रञ्जित नामबाटै चर्चा कमाए । उनको २५ वटा फिल्ममा रञ्जितको नाम थियो । उनी छोरी दिब्याङ्का बेदी एक चर्चीत फेशन डिजाइनर हुन् ।
३. डेनी डेनजोङपा
डेनी डेनजोङपालाई सायद नचिन्ने कमै होलान् । भिलेनको भुमिकामा निकै नाम कमाएका डेनी डेनजोङपाले सिक्किमकी राजकुमारी गावा डेनजोङपासँग विवाह गरेका थिए । उनीहरुका दुई सन्तान छोरी पेमा डेनजोङपा र छोरा रिनजिङ डेनजोङपा रहेका छन् । पेमा बलिउडदेखि पर नै बस्न रुचाउँछिन् ।
४. कुलभुशन खरबण्डा
कुलभुसन धेरै फिल्ममा भिलेनको भुमिकामा देखिए । शान फिल्म रहेको साकालको भुमिकाले उनी निकै चर्चीत भएका थिए । उनले एक अन्तर्वार्तामा आफ्नी छोरीबाट धेरै प्रेरणा मिलेको बताएका थिए । उनकी छोरी श्रुति सामाजिक नेटवर्किङ साइटमा व्यस्त छन् ।
५. किरन कुमार
बलिउडका अर्का चर्चीत भिलेन हुन् किरन कुमार । उनलाई अझै पनि तेजाब फिल्मको भिलेन लोटिया पथानको नामबाट धेरैले चिन्ने गर्छन् । उनकी छोरीको नाम हो श्रृष्टि । उनको एक सुनको पसल रहेको छ । साथै उनी फेशन कन्सल्टेन्ट हुन् । उनले कपडाको व्यापार पनि गर्दै आइरहेकी छिन् ।
६. नसिरुद्धिन शाह
कम फिल्ममा भिलेनको भुमिका खेलेर चर्चामा आएका अभिनेता हुन् नसिरुद्धिन शाह । उनले फिल्म ‘मोहरा’ र सर्फरोश’ मा भिलेनको भुमिकामा देखिएका थिए । उनका दुई सन्तान रहेका छन् । उनकी छोरी हिबा शाह थिएटर कलाकार हुन् । उनले पैसाका लागि थिएटर छोड्न नसक्ने बताएकी थिइन् ।
७. प्रेम चोपडा
‘प्रेम चोपडा नाम हे मेरा’ यो डाइलग अझै पनि चर्चीत रहेको छ । उनले धेरै फिल्ममा भिलेनको भुमिका गरेका छन् । उनका तीन छोरीहरु रहेका छन् । रकिता, पुनिता र प्रेरणा । रकिताले स्क्रिष्ट लेखक तथा पब्लिसिटी डिजाइनर राहुल नन्दासँग विवाह गरेकी थिइन् । त्यस्तै पुनिताले गायक विकास बल्लासँग विवाह गरेकी थिइन् । कान्छी छोरी प्रेरणाले बलिउड अभिनेता शर्मन जोशीसँग विवाह गरेकी थिइन् ।