सुटिङ्गको लागि सेट, क्यामेरा, मेकअप सबै तयार थियो । केही बेरमा एक कपलको बेड सिन सुट गर्ने तयारी चलिरहेको थियो । तर, त्यति नै बेला सुटका लागि तयार बसेकी अभिनेत्री सेटमा आइन् र बेड सिन नदिने बताईन् । कुरा हो टिभी सिरियल ‘नागिन २’ सुटिङ्गको । सिरियलका मुख्य अभिनेता करणवीर बोहरासँग अभिनेत्री मोनी रोयले बेड सिन दिनुपर्ने थियो । तर, एकाएक उनले बेड सिन दिन नमानेपछि निर्माण पक्ष दंग पर्यो ।
पहिले तयार भएकी नायिका एकाएक किन बेड सिन दिन अस्वीकार गरिन् त ? कारण यस्तो छ । खासमा सुटिङ स्थलमा कलाकार पुग्नुअघि नै मिडिया पुगेका थिए । सोही कारण मोनिलाई बेड सिन दिन निकै असहज लाग्यो र अन्तिम समयमा उनल बेड सिन नदिने बताइन् । निर्देशकले उनलाई किन बेड सिन नदिने भनि प्रश्न गरेका थिए । त्यसपछि बल्ल खोलिन् मोनीले बेड सिन दिन नचाहनुको कारण । उनले आफुलाई मिडियाको अगाडी बेडसिन दिन निकै असहज हुने भएकाले मिडियालाई त्यहाँबाट हटाउन माग गरिन् । त्यसपछि निर्देशकले मिडियालाई त्यहाँबाट हटाएपछि मात्र मोनीले बेड सिन दिएकी थिइन् । ‘नागिन २’ कलर्श च्यानलबाट शनिबार र आईतबार प्रशारण हुने चर्चित भारतीय सिरियल हो ।