लामो समयदेखी भारतीय क्रिकेटर विराट कोहली र बलीउड अभिनेत्री अनुष्का शर्मा रिलेशनसिपमा रहेको कुरा सबैलाई थाहा छ । यो कुरालाई उनीहरुले स्वीकार नगरेपनि उनीहरुको निकटताले यही देखाउँछ । रेष्टुरेन्टमा जाँदा होस् वा छुट्टी मनाउन जाँदा नै किन नहोस् विराट र अनुष्काको साथ कहिले छुट्दैनन् । भारतमा अहिले यो जोडी धेरै नै समाचारमा छाउने गरेका छन् र दुवैका फ्यानहरुलाई उनीहरुको बिहे कहिले हुन्छ भन्ने चासो छ ।
यस्तैमा नयाँ वर्षको छुट्टी यो जोडी मनाउन देहरादुन गएपछि उनीहरुले त्यहाँ गोप्य रुपमा इन्गेजमेन्ट गरेको खबर फैलिएको हो । अनुश्काको प्रवक्ताले एक विज्ञप्ती जारी गर्दै उनीहरुको इन्गेजमेन्ट भएको हैन भन्ने प्रष्ट पारेका हुन । यसैगरी कोहलीले पनि ट्विट गर्दै इन्गेजमेन्टको हल्लामात्रै भएको र त्यस खबरमा वास्तविकता नभएको बताएका छन् । साथै उनले त्यस्तो केही भए नलुकाउने पनि ट्विटमा बताएका छन् ।