बलिउडका भेट्रान अभिनेता ओम पुरीको गत साता मृत्यु भयो । मृत्यु पछि पोस्टमार्टम गर्दा उनको शिरमाचोट देखियो । त्यसलाई शंकास्पद मानेर मुम्बई विभिन्न कोणहरुबाट अनुसन्धान अघि बढाएको छ । प्रहरीले ओम पुरीका साथी प्रोड्युसर खालिद किदवई,पत्नी नन्दिता र ड्राइभरसँग सोधपुछ गरिरहेको छ । खालिद किदवईले प्रहरीलाई ओमको मृत्युको एक रात अघि के के भयो सबै बताएका छन् । उनका अनुसार ओम पुरी धेरै नै दुखी थिए किनभने उनी आफ्नो छोरा ईशानसँग भेट्न चाहन्थे । उनी किदवईलाई लिएर त्रिशुल बिल्डिङ गए जँहा ओमको पत्नी नन्दिता र छोरा ईशान बस्छन् ।
त्यहाँ पुगेपछि थाहा भयो कि नन्दिता र ईशान कतै गएका छन् । ओमले तुरुन्तै नन्दितालाई फोन गरेर चाँडै आउन भने । उनी छोरालाई भेट्न चाहान्थे । यसै कुरालाई लिएर दुवैको बहस भयो । ओम पुरीले ड्रिङ्क बनाएर पिँउदै ४५ मिनेट सम्म नन्दिताको फ्ल्याटमा कुरिरहे । तर, उनीहरु फर्केनन् अनि ओम गिलास र बोतल लिएर कारमै बसेर पिउन थाले । ड्रिङ्क सकिएपछिमात्रै उनी त्यँहाबाट फर्किए । नन्दिताले प्रहरीसँग भनेकी छन् , ‘उनी पंकज कपुरको छोरी सना र पाहवाको छोरा मयङ्कको इन्गेजमेन्टमा गएकी थिइन ।’
ओम त्यतिखेर उनको घरमा गएर फोन गरे तर फर्किन मुस्किल थियो । ओमले नन्दिताको आमालाई ‘बुढी तिमी किन यँहा सडिरहेको तिमी पनि मसँग नै स्वर्ग हिँड’ भनेको पनि नन्दिताले बताएकी छिन् ।
नन्दिलाले भनेकी छन्, ‘ओमले फेरी मलाई फोन गरे र तिमी र ईशान छिटो घर आउ भने । मैले उनलाई भने कि अहिले धेरै ढिलो भइसक्यो । हामी भोली भेटौँला । ईशान र मलाई दुख छ कि हामीले त्यस दिन उनलाई भेट्न सकेनौँ ।’
यो थियो कि इशानलाई ओेम पुरी आफैँसँग ट्युवलाइटको सुटिङमा लैजाने वाला थिए । यो शुटिङ ८ देखी १० जनवरी सम्म हुने थियो । यसपछि दुवैलाई खन्डाला जाने कार्यक्रम पनि थियो ।