हलीउडका सुपरस्टार विन डीजल आफ्नो फिल्म एक्सएक्सएक्स रिटर्न अफ जेन्डर केज को प्रमोशनका लागि भारतमा छन् । ४९ बर्षका डीजलले १६ बर्ष अगाडी लस एंजिलिसको हलीउड हिलमा एक घर किनेका थिए । अक्टूबर २०१६ मा यो खबर बाहिर आएको थियो कि उनी आफ्नो २ बेडरुम, ३ बाथ रुम भएको घर बेच्न खोज्दैछन् । यसको मूल्य १४ लाख डलर अर्थात १० करोड रुपैयाँ मागेका थिए ।
साल २००० मा विन डीजलले यो घर करीब २.५ करोडमा किनेका थिए । २०१३ मा उनले यो घर बेच्ने प्लान बनाएका थिए । तर, मूल्य आफुले सोचेको जस्तो नपाएपछि उनले घर बेचेनन् । अक्टूबर २०१६ मा पनि उनले घर बेच्न घोषणा गरेका थिए तर अहिलेसम्म उनको घर विक्रि भएको छैन ।
घरमा के के छ ?
विन डीजलको यो २ बेडरुम, ३ बाथरुम भएको फल्याटमा स्विमिंग पूल र स्पा जस्ता सुविधाहरु छन् । बताइएको छ कि विन यो भन्दा महंगो र राम्रो घरको खोजीमा छन् ।