अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको विवाह भएको पनि १० वर्ष हुन लागेको छ । सन् २००७ मा ऐश्वर्या र अभिषेक विवाह बन्धनमा बाँधिएका थिए । १३ जनवरीमा अभिषेकले ट्विटरमा भनेका थिए ,‘१० वर्ष अगाडि न्युयोर्कको चिसो बाल्कोनीमा उनले प्रस्ताव स्वीकार गरेकी थिइन् ।’
अभिषेक र ऐश्वयाले धेरै फिल्ममा काम गरिसकेका छन् । दुवैको पहिलो फिल्म ‘ढाइ अक्क्षर प्रेम के’ रहेको थियो । त्यसपछि उनीहरु कुच ना क हो, बन्टी और बब्लीको गीत कजरारे मा पनि काम गरे । मणिरत्नमको फिल्म ‘गुरु’ को प्रिमियर पश्चात सबैलाई लागि सकेको थियो ऐश्वर्या र अभिषेकबीच अफयेर चलेको छ । नभन्दै फिल्मको प्रिमियर पश्चात अभिषेकले ऐश्वर्यालाई टोरन्टोमा प्रपोज गरे ।