सञ्जय लीला भंसालीको फिल्म ‘ब्ल्याक’ रिलिज भएको १२ बर्ष पुरा भएको छ । यो मौकामा अभिनेता अमिताभ बच्चन निकै भावुक महशुस गरिरहेका छन् । यो फिल्म रिलिज भएको १२ बर्षपछि अमिताभ बच्चननले यो कुराको खुलासा गरेका छन् कि उनले यो फिल्मका लागि पैसा नै लिएका थिएनन् किनकी भंसालीको साथमा फिल्ममा काम गर्नु नै उनको लागि पारिश्रमिक थियो । अमिताभले आफ्नो ब्लगमा पोष्टर गर्दै लेखे, ‘संजयको काम देखेपछि म उनीसँग काम गर्न चाहन्थे र जब यो मौका मिल्यो तब म निकै खुसी थिएँ । मैले फिल्मका लागि कुनै पारिश्रमिक लिएको थिइन । म यो फिल्मको कलाकार हुनु नै मेरो लागि पारिश्रमिक थियो ।’ यो फिल्मका लागि अमिताभ बच्चमनलाई बेस्टक एक्टतरको नेशनल अवार्ड प्रदान गरिएको थियो ।