भारतिय टेनिस स्टार सानिया मिर्जाको विवाह भैसकेको छ । उनी पाकिस्तानका क्रिकेटर सोएब मलिककी श्रीमती हुन् तर पनि उनको दिलमा रणवीर सिंह बस्छन् । हालैमा सानियाले आफ्नो दिलको कुरा एक टिभी शोमा भनेकी हुन् । शोमा उनले कैयौं आश्चर्यजनक खुलासाहरु गरिन् जसलाई सुनेर मानिसहरु दंग पर्छन् । करण जौहरको च्याट शो कफि विथ करणमा सोनिया र फराह खानले यो हप्ता हिस्सा लिएका थिए । शोमा यी दुईले जमेर मस्ती र मजाक गरे । र्यापिड फायर राउन्डमा सानिया मिर्जालाई करणले सोधे कि एक दिन उनी विहान दिपिका पादुकोण बनेर उठिन भने के गर्ने छिन् ? यसको उत्तरमा सानियाले भनिन् कि ‘यदि म दिपिका बनेँ भने सबैभन्दा पहिले रणवीर सिंहलाई छोडिदिनेछु ताकि अरु केटीहरुको लागि पनि उनले समय निकाल्न सकुन् ।’ यसपछि करणले सोधे कि उनलाई रणबीर कपुर र रणवीर सिंहमा को धेरै मन पर्छ ? सानिया मिर्जाको जवाफ थियो–’रणविर सिंह’ ।
फेरी करणले सोधे कि उनी कोसँग जोडिन चाहन्छिन, कोसँग विवाह गर्न चाहन्छिन् र कसलाई मार्न चाहन्छिन् ? त्यसपछि सानियाले भनिन् कि ‘उनी रणबीर कपुरसँग जोडिन चाहन्छिन्, विवाह रणवीर सिंहसँग गर्न चाहन्छिन् र शाहिद कपुरलाई मार्न चाहन्छिन् ।’ उनले रणबीर कपुर र रणवीर सिंहको बारेमा जे भनिन् त्यो त बुझ्न सकिन्थ्यो तर उनले शाहिदलाई मार्न किन चाहन्छिन् त्यो चैं बुझ्न सकिएन । किनभने, एकपटक शाहिद र सानिया बिचमा अफेयरको खबर आइरहन्थ्यो ।