संसारकी सबैभन्दा मोटी महिला इमान अहमद अब्दुलतीलाई ब्रेरिएट्रिक सर्जरीका लागि मिस्रको राजधानी काहिराबाट मुम्बई ल्याइएको छ । मुम्बईमा उनलाई क्रेनको सहारामा प्लेनबाट उतारिएको थियो र एक विशेष ट्रकबाट मुम्बईको सेफी हस्पिटल पुराइएको थियो । इमान ओछ्यान भन्दा बाहिर काँहि कतै पनि हिँड डुल गर्न सक्दिनन् तर उनी बलीउड फिल्मलाई भने खुबै मन पराउँछिन् । त्यसो त उनलाई तीन खान (सलमान, शाहरुख र आमिर) राम्रो लाग्छ तर उनी सलमानलाई भने खुबै मन पराउँछिन् । बताइदिउँ कि इमानको वजन ५०० किलोग्राम छ ।
इमानको स्वास्थ्य जाँच गरिरहेका डाक्टर मुफज्जल लकड़ावालाले दैनिक भाष्करसँगको कुराकानीको क्रममा भने -‘इमानलाई टिभी सीरियल्स र बलीउड फिल्म निकै मन पर्दो रहेछ । उनको कोठामा एक टिभी लगाइदिएका छौं, जहाँ कुनै अरेबिक च्यानल होइन मात्र हिन्दी च्यानल मात्र आउँछ । उनलाई हिन्दी गीतहरु पनि खुबै मन पर्छ । उनको फेवरेट गीत भने ‘दंगल’ र ‘सुल्तान’ का गीतहरु हुन । यसको अलवा सलमानको फिल्म किकको गीत ‘जुम्मे की रात’ उनको फेवरेट गीत हो ।’