यतिबेला चर्चामा रहेकी छिन् बलिउड अभिनेत्री सना खान । उनको लभ अफयेरका कारण बलीउडमा ठूलै चर्चा हुन थालेको छ । केही दिनयता फिल्म निर्देशक विशाल पंड्यासँगको रोमान्सका कारण उनी चर्चामा रहेकी छिन् । केही समय अघि रिलिज भएको फिल्म ‘बजह तुम हो’ को फिल्ममा उनले काम गरेकी थिइन् । सेटमा उनीहरु मित्र बने, त्यसपछि मित्रता प्रेममा परिणत भयो । एक मिडियाका अनुसार सना र विशाल यति नजिक भएका थिए कि उनीहरु एउटै कारमा कपडा फेर्ने काम गर्थे । फिल्म रिलिज पश्चात उनीहरुको सम्बन्ध झन् बलियो भएको थियो । बक्स अफिसमा फिल्ममा राम्रो कमाइ गर्न नसकेपनि सनाले भने ठुलो चर्चा पाएकी थिइन् । उनी अक्षय कुमारको फिल्म ‘ट्वाइलेट’ मा क्यामियोमा देखिदैछिन् । विशालसँगको रोमान्सबारे उनले बोल्न भने चाहेकी छैनन् ।