गत फागुनमा नेपाल रिलिज भएको फिल्म ‘दर्पण छायाँ २’ को अमेरिका प्रदर्शन सुरु भएको छ । लामो समयदेखि अमेरिकामा नै बस्दै आएका निर्माता रवि कार्की तथा निर्मात्री सबु गदाल कार्कीको सकृयतामा फिल्मको अमेरिका प्रदर्शन सुरु भएको हो ।
केहि दिन पहिले कोलोराडोमा सम्पन्न शो मा वरिष्ट नायिका मिरा राणा पनि उपस्थित थिईन् । हाउसफूल बनेको शो मा अभिनेत्री साहारा कार्कीलाई अभिनन्दन गरियो । फिल्म हेरिसकेपछि धेरैले राम्रो प्रतिक्रिया दिए । आँखाबाट आँशु झरेको प्रतिक्रिया धेरैको थियो । शो मा निर्माता कार्की दम्पति पनि उपस्थित थिए ।
उत्साहप्रद ओपनिङ शो सँगै अब विभिन्न मितिमा अमेरिकाका विभिन्न सहरमा फिल्मको प्रदर्शनी हुने निर्माण टिमले बताएको छ । सँगसँगै मे २७ मा क्यानडामा पनि फिल्मको प्रदर्शनी हुनेछ ।
तुलसी घिमिरे निर्देशित फिल्ममा साहारासँगै पुष्प खड्का, श्रद्धा प्रसाईं र फिरोज तिमिल्सिना लिड अभिनयमा छन् ।