तेलुगु फिल्ममा चर्चित अभिनेता प्रदिपकुमारले आत्महत्या गरेका छन् । बुधबार राती हैदराबाद स्थित आफ्नै अपार्टमेन्टमा प्रदिप मृत अवस्थामा भेटिएका हुन् । झुण्डिएर उनले आत्महत्या गरेको बलिउड मिडियाले लेखेका छन् ।
प्रदिपलाई उनकी श्रीमती र साथीले बिहिबार बिहान कोठामा झुण्डिएको अवस्थामा भेटेका थिए । त्यसपश्चात अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । २९ बर्षिय प्रदिपले किन र के कारणले आत्महत्या गरे भन्ने कुरा खुलेको छैन् ।
केहि समययता उनी पारिवारिक झमेलामा पर्दै आएको बताईएको छ । पछिल्लो पटक टिभी एक्ट्रेस प्रत्युषा बनर्जीले आत्महत्या गरेको खबर सेलाउन नपाउँदै भारतिय रंग क्षेत्रको अर्को दुःखद खबर बाहिर आएको हो ।