ईदमा रिलिजको तयारी भईरहेको वलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘ट्युवलाईट’को टिजर रिलिज भएको छ । टिजरमा सलमानलाई फरक फरक गेटअपमा देख्नसकिन्छ । उनि कतै बच्चासँग रमाउँदै त कतै डराईरहेका देखिएका देखीन्छन् ।
त्यसो त यो फिल्मको टिजरले कताकता सलमानको गत बर्ष रिलिज फिल्म ‘बजरंगी भाईजान’को झल्को दिन्छ । यो फिल्मले १९६२ ताकाको भारत चीन युद्धको कथा बोल्छ । फिल्मका प्रायः दृश्य काश्मिरमा खिचिएको छ । जहाँ एक भाई युद्धमा हराउँदा अर्को भाई खोजिको लागी निस्किँदाको कथा समावेश भएको बताईएको छ ।
फिल्मलाई भाईजान निर्देशक कबिर खानले नै निर्देशन गरेका छन् । फिल्ममा सलमानसँगै सोहेल खान र एक चिनियाँ अभिनेत्री जूजू लिड अभिनयमा छन् ।