भनिन्छ, मानिसले आफ्नो मनले चाहेको सबैकुरा जहाँ जस्तो अवस्थामा रहँदा पनि भुल्दैन्, गर्न छोड्दैन् । चाहे जुनसुकै पेशा अँगाल्दा होस,चाहे जुनसुकै ठाउँमा रहँदा । कसैको पनि ईच्छा चाहना मर्दैन्, बेला बखत परिस्थिती मिल्दा हरेक व्याक्ति त्यसलाई पुरा गर्न लागि परिनैरहन्छ ।
उल्लेखित कुराहरुका एक पर्याय हुन् पबित्र भण्डारी । लामो समयदेखि युएईको दुबईमा रहेर विजनेस गर्दै आएका पबित्र एक कुशल कराँते खेलाडी पनि हुन्, त्यो भन्दा पहिले उनि मोडल हुन् । करिब पाँच बर्ष पहिले मोडलिङमा पाईला अघि बढाएका पबित्रले दुबई रहँदा होस् या नेपाल आवतजावत गर्दा जुन समयमा पनि यो क्षेत्रलाई समय निकाल्छन्, विभिन्न टिभिसी तथा म्युजिक भिडियोमा मोडलिङ गर्छन् ।
कराँते खेलका थर्ड डन समेत रहेका पबित्रले हालसम्म दर्जन बराबर गीतमा मोडलिङ गरिसकेका छन् । उनले पछिल्लो पटक मोडलिङ गरेका दुई गीतको भिडियो सार्वजनिक भएका छन् । एउटा गीतमा उनले भरत शाक्यको ‘एक्सन कट’ मा अभिनेत्री हर्षिका श्रेष्ठसँग जोडी बाँधेका छन् भने अर्को गीतमा मनोज केसीको ‘एक्सन कट’मा अभिनेत्री सारिका घिमिरेसँग कम्मर मर्काएका छन् ।
हेर्नुहोस गीतः
मोडलिङ तथा अभिनय विधालाई सोखका रुपमा लिएका पबित्रले चाहेर पनि यो क्षेत्र भुल्न नसक्ने तर्क राख्छन् । ‘लामो समयदेखि दुबईमा छु, यो ठाउँमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रको श्रीवृद्धि अनि स्तर उन्नतिको लागी हुनसक्ने कुराहरुको लागी म लगायत हाम्रो ग्रुप लागिरहेको छ, पबित्रले सुनाए, ‘दुबईमा नेपाली कला संस्कृतिको पहिचान बढाउन हाम्रो भर मग्दुर प्रयास रहनेछ ।’
दुबईमा रहेर मात्र त्यहाँ छायांकन भएका उनले हालसम्म आधा दर्जन बराबर गीतमा मोडलिङ गरिसकेका छन् । उनि भन्छन्, ‘ नेपाली म्युजिक भिडियो र फिल्मलाई युएईमा आएर सहज रुपमा छायांकनको लागी अनि कम लगानीमा स्तरिय पिक्चर निर्माणको लागी स्थानिय स्तरसँग पहल गरिरहेका छौं, सबै कुरा मिल्दै गर्दा नेपाली मनोरञ्जन उद्योगले थप सफलता पाउनेछ ।’