गत महिना अभिनेता अनुपबिक्रम शाही एकाएक गायब बने । एक महिना राजधानी बाहिर रहेका उनि सुदुर पश्चिममा थिए । जहाँ उनको लिड अभिनय रहने फिल्म ‘कमलेको बिहे’ छायांकन हुँदै थियो । मिडियामा चर्चा कम, सामाजिक सञ्जालमा पनि तश्विर पोष्ट गर्न नदिई निर्माण टिमले गुपचुप छायांकन सकाएको थियो ।
अनुपबिक्रम शाहिलाई नेपाली पर्दामा खलनायकको रुपमा धेरैले फिट मान्छन्, ‘हँसिया’ देखि पछिल्ला रिलिज केहि फिल्ममा उनको कामले राम्रो प्रसंशा पनि पायो । तर नामले नै सुन्दै कमेडी बोल्ने फिल्म ‘कमलेको बिहे’मा अनुप यस्तो अबतारमा प्रस्तुत भएका छन्, तश्विरमा देख्दा तपाईंको मनमा अनुप नै हुन् त भन्ने प्रश्व उब्जिनसक्छ ।
सिनेखबर डटकमले अनुपका उक्त फिल्मभित्र समावेश केहि (कमले अबतार) ‘एक्सक्लुसिभ’ तश्विरहरु प्राप्त गरेको छ । जहाँ उनि कतै स्कुले विधार्थी बनेका छन् त कतै पण्डित बाजे । लामो टुप्पी सहितको कपाल, गोलो चस्मा, घाँटीमा तुलसीको माला, हातमा छाता अनि दौरा सुरुवाल र ईस्टकोटको अबतारमा साईडमा सानो ब्याक बोकेका अनुप एक बृद्ध अबस्थाको पण्डितको रुपमा पनि फिट देखिएका छन् ।
अर्को तश्विरमा उनलाई ‘हाफ पेन्ट’मा आकाशे रङको ड्रेससहित झोला र छाता बोकेर स्कुले विधार्थी अबतारमा भेट्नसकिन्छ । तश्विरले उनि एक सोझो अनि ईमान्दार छात्रको भुमिकामा रहेको खुलाउँछ । फिल्म भित्र अनुपले बनारस पुगेर शास्त्रिय विधा लिएर फर्केपछि बिहेको लागी गरेको संघर्षको कथा जोडिएको छ । उनको अपोजिटमा चमेली बनेर सन्ध्या केसी अभिनयमा छिन् । प्रसन्न पौडेलले यो फिल्मलाई निर्देशन गरेका छन् ।
कलाकार भएपछि जस्तोसुकै भुमिकाको लागी पनि तयार हुनुपर्छ, फिट देखिनसक्नुपर्छ । यो कुरा अनुपले ‘कमलीको बिहे’ गर्दा पुरा गरे । नायक, खलनायक दुबैमा फिट देखिएका अनुपको पछिल्लो पटक सार्वजनिक अबतारले सामाजिक सञ्जालमा राम्रै चर्चा पाउने निश्चित छ ।