बर्ष २०७१ मा रिलिज फिल्म ‘नोभेम्वर रेन’ले नेपाली फिल्म उद्योगमा एक राम्रो कलाकार दियो छुल्ठिम गुरुङ । उक्त फिल्ममा डल्लीको पात्रमा रहेकी छुल्ठिमको अभिनयले तारिफ भेट्यो । अवार्ड जित्यो । त्यसपछि फिल्म नै खेल्दिन बोलेकी डल्ली अब भने आफै निर्मात्री बनेर अभिनय सहित पर्दामा आउँदैछिन् फिल्म ‘डायरी’ मार्फत ।
जेठ ५ मा रिलिज हुन लागेको फिल्मलाइ लिएर डल्ली त उत्साहित छिन् तर यो फिल्मले नोभेम्वर रेन फिल्मबाट ‘कृयट’ भएको डल्लीको क्रेज उनले बचाउन सक्छिन् सक्दिनन् त्यो चर्चाको विषय बनेको छ । फिल्मको व्यापारिक सफलता त छँदै छ त्यसमा पनि आफ्नो कामको मुल्याङ्कन हुँदा दर्शक अनि फिल्म शुभचिन्तकले तारिफ गर्यो भने त्यसमा सफलता सम्झिने डल्ली फिल्म पनि राम्रो बनेको भन्दै दर्शकको मन जित्नेमा आशावादी छिन् ।
त्यसो त सांगितिक रुपमा पनि सशक्त देखिएको फिल्मप्रति धेरैले आशा गरेका छन् । ट्रेलर रिलिजसँगै एक प्रकारको पर्खाई दर्शकमा बढ्दो हुँदा फिल्म सफल हुने नहुने अनि डल्लीको क्रेज बढ्ने नबढ्ने टुंगो लगाउन भने रिलिज मिति नै पर्खिनुपर्नेछ ।
अनिल योञ्जनले निर्देशन गरेको फिल्ममा डल्लीसँगै रेखा थापा पनि लिड अभिनयमा छिन् भने सन्नी सिंहलाई यो फिल्मले डेब्यू दिएको छ ।
तश्विरः साईबर संसार