पहिलो गीतका कारण प्रतिक्षित बनेको फिल्म ‘ए मेरो हजुर २’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘किनीदेउ न साइला दाई’ बोलको गीतमा मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रस्तुत भएकी छन् ।
मारुनी फ्लेवरमा निर्माण भएको गीतमा साम्राज्ञीलाई नेपाली पहिरनमा निकै सुहाएको देख्न सकिन्छ । यसअघी सार्वजनिक भएको गीतबाट साम्राज्ञीले तारिफ बटुलेकी थिइन् । जुन तारिफ यो गीतबाट पनी पाउने आशा निर्माण टिमको छ । वसन्त सापकोटाको शब्द/संगीतमा बनेको गीतमा साधना सरगमको स्वर समावेश छ | गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
भदौ १६ मा रिलिज हुने फिल्ममा साम्राज्ञीसंगै नवकलाकार सलिनमान बानियाँ, सलोन बस्नेत, अनुभव रेग्मी, बुद्दी तामाङ, अनुराग कुँवर, विल्सनविक्रम राई, सुमन पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । सुहाना इन्टरटेनमेन्टको प्रस्तुतीमा सुनिलकुमार थापा प्रोडक्सनबाट निर्माण भएको फिल्मलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी छिन् ।