भारतिय चर्चित कमेडी शो ‘दि कपिल शर्मा शो’ को छायांकनको दौरान एक्कासी स्वास्थ्यमा समस्या आएपछि चर्चित कमेडियन कपिल शर्मा अस्पताल भर्ना भएका छन् । बुधबार शो छायांकनको क्रममा स्वास्थ्यमा खराबी देखिएपछि उनि सुटिङ छाडेर अस्पताल पुगेका थिए ।
उच्च रक्तचापका कारण कपिल अस्पताल भर्ना भएको बताईएको छ । कपिलले परेस रावलसँग दृश्य दिँदै गर्दा अकस्मात रिंगटा लागेर ढल्न पुगेको बताईएको छ । उनको स्वास्थ्यमा आएको समस्यालाई डाक्टरले दौडधुप बोलेका छन् । एक भारतिय अनलाईन न्यूज पोर्टलका अनुसार लगातार कामको चापले कपिलको प्रेसर बढेको लेखेको छ ।
पछिल्लो पटक सुनिल ग्रोवरसँगको धम्साघम्सीका कारण विवादका आएको उक्त शो ले पुनः पिकअप लिएको छ ।