मुम्बई(एजेन्सी) । बलिउडकी कलाकार अल्का कौशल र उनकी आमालाई पञ्जाबको एक अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । तल्लो अदालतमा चेक बाउन्सका विषयमा परेको निवेदनमा दुवैलाई दोषी ठह¥याउँदै दुई–दुई वर्षको जेल सजाय सुनाएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार अल्काले सलमान खान स्टारर फिल्म ‘बजंगी भाइजान’मा करिना कपुरको आमाको भूमिकामा अभिनय गरेकी थिइन् । त्यस्तै कंगना रनावतको फिल्म ‘क्विन’मा पनि कंगनाको आमाको चरित्र निभाएकी थिइन् ।
समाचार अनुसार अल्का र उनकी आमाले लांग्रियन गाउँमा बस्ने अवतार किसानसँग ५० लाख रुपैंयाँ ऋण लिएका थिए । ऋण लिए पनि उनीहरुले पैसा फिर्ता गरेका थिएनन् । जब सिंहले उनीहरुसँग पैसा मागे, उनीहरुलाई दुईवटा २५÷२५ लाख रुपैंयाँका चेक थमाए । तर त्यो चेक बैंकमा पुग्दा बाउन्स भईसकेको थियो ।
फिल्मको छायांकनका बेला अल्कालाई साथी बनाएका सिंह फूल व्यवसाय गर्छन् । पैसा नपाए पछि दुई वर्ष अघि उनी मालेरकोटा अदालतमा पुगेका थिए ।
अदालतमा अल्का र उनकी आमा आफूहरु धरौटीमा रिहा हुने आशले पुगे पनि अदालतले उनीहरुलाई तुरुन्तै जेल सजाय सुनाएको थियो । उनीहरु हाल सांगरुर जेलमा छन् । अल्काले मराठी फिल्मसँगै ‘कबुल हे’, ‘स्वर्गिनी’ र ‘कुमकुम’ जस्ता सिरियलमा पनि अभिनय गरिसकेकी छन् ।