शुक्रबार बिहान फिल्म ‘छक्का पन्जा २’ को गीत ‘नाइलनको साडीमा’ सार्वजनिक भयो। गीतको भिडियोले युट्युवमा राम्रै भ्युज पनि पाइरहेको छ। अहिले गीतको भिडियो १३ लाख माथिको भ्युज सहित युट्युव ट्रेनिङको एक नम्बरमा परेको छ।
गीत हिट भइरहदा विवाद पनि बढ्दै गएको छ। अल्मोडा राना उप्रेतीको संगीतमा तयार भएको भनिएको गीत संगीतकै कारण बिबादित बनेको हो। उक्त गीतको संगीत अल्मोडाले चोरेको आरोप छ। र त्यो सत्य भएको पनि पुष्टि भैसकेको छ। गीतको वास्तविक संगीतकार अल्मोडा हैनन्। गीतको संगीतकार प्रिन्स नेपाली र स्व. कान्छा मगर हुन्।
अहिले युट्युबमा हालिएको उक्त गीतको भिडियोमा संगीतकारको नाम परिवर्तन भैसकेको छ। गीतको भिडियो सार्वजनिक हुदा गीतको संगीतकरमा अल्मोडा राना उप्रेतीको नाम थियो तर अहिले संगीतकारमा प्रिन्स नेपाली र स्व. कान्छा मगरको नाम छ।
के थियो वास्तविकता ? यसो भन्छन दीपकराज
दीपकराज गीरीले आफ्नो फेसबुकमा स्टटास हाल्दै यस कुरालाई प्रस्ट्याएका छन्। उनले उक्त संगीत चोरिएको नभएर वास्तविक सर्जकलाई गायक अल्मोडाले आफ्नो सामु नल्याइएको बताएका छन्। ‘नाइलनको साडी’का वास्तविक सर्जक पत्ता लाग्ने वित्तिकै उनलाई क्रेडिट दिएको दिपकको भनाई छ। उनले आफुलाई अल्मोडाले ढाटेको पनि उल्लेख गरेका छन्।
साथै उनले आज सम्म वास्तविक सर्जक माथि अपमान हुन नदिएको र नदिने बताएका छन्। यो गीत र यसका वास्तविक सर्जकलाई अध्यारोमा राख्ने काम गर्ने प्रति खेद प्रकट गर्दै अन्याय भएकोमा दुखि भएको समेत उल्लेख गरेका छन्।