दिनेश पाख्रिन निर्देशित फिल्म ‘टिनएज’को ट्रेलर सार्वजनिक गरिएको छ। सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। फिल्मको ट्रेलर सार्वजनिक भएसँगै कात्तिक २७ गतेलाई रिलिज मिति तय गरेको छ। ‘हेलेन पाख्रिन फिल्मस् प्रोडक्सन’को ब्यानरमा निर्माण भएको फिल्म ‘टिनएज’मा किशोरावस्थामा हुने प्रेम, द्वन्द्व, रोमान्स, बदला तथा वियोगले निम्त्याउने घटनालाई समेटिएको छ।
विरु मगर र चिनीमाया वाइवाको लगानीमा निर्माण बहेको फिल्ममा अञ्जली खड्की, नरेश वीर सिंह, सरोज शाह, प्रतिक्क्षा खड्का, कृष्ण सिवाकोटी, अजय खड्का लगायतको अभिनय रहेको छ। फिल्ममा विकास चौधरी र बसन्त सापकोटाको संगीत, बासु न्यौपानेको छायाँकन, अनिल गौतमको सम्पादन, राजु किरातीको द्वन्द्व रहेको छ।