काठमाडौं । स्थायी घर रुम्जाटारका जोर्डन भण्डारीले सन् २०१३ मा मोडलिङ क्षेत्रमा प्रवेश गरेका हुन् । चार बर्षको निरन्तरताले उनले आफुलाई मोडलिङको दुनियामा स्थापित गरिसकेका छन् । कम समयमा नै धेरै मोडलिङको अनुभव बटुलिसकेका उनले हाल सम्ममा २० वटा म्युजिक भिडियो ,६ वटा टिभीसी, ३ वटा पेपर एड एव रेम्प शोमा मोडेलको रुपमा आफुलाई प्रस्तुत गरिसकेका छन् ।
त्यसका साथै ‘मिस्टर क्यापिटल २०१३’ मा टप फाइभमा छनौट हुनुका साथै मिस्टर फोटोजेनिकको उपाधि पनि जितेका जोर्डन ‘मेनहन्ट इन्टरनेशनल २०१६’मा टप टेनसम्म पुग्न सफल भए ।
बिभिन्न ब्युटी पेजेन्टहरुमा कोअर्डिनेटर एव इभेन्ट मेनेजरको अनुभव बटुलिसकेका उनले आफ्नै साथीहरु मिलेर इभेन्ट कम्पनी खोलेका छन् । रेस्टुरेन्ट बिजनेशमा लागे पनि उनको पहिलो प्राथमिकता भने मोडलिङ नै हो हाल उनी आफ्नै कम्पनीको ‘फेशन परेड’का लागि व्यस्त छन् ।