फिल्म ‘भैरे’को घोषणा गरिएको छ । एभरेष्ट सूर्य बोहराको निर्देशनमा बन्न लागेको यो फिल्मको छायांकन मंसिर ४ गतेबाट सुरु हुनेछ ।
यो फिल्मको शिर्ष भूमिकामा अभिनेता दयाहाङ राई देखिदैछन् । उनलाई फिल्ममा सुनिल थापा, विक्रान्त बस्नेत, सुरक्षा पन्त, बर्षा सिवाकोटीले साथ दिनेछन् ।
घोषणा कार्यक्रममा पूजाआजा गरियो । पूजा सकिएपछि निर्देशक बोहराले आफूले कुरा भन्दा काम बढी गर्ने बताए । बोहराले फिल्मको कथावस्तुको बारेमा भने केही पनि बोलेनन् ।
अभिनेता दयाले पनि फिल्मको कथा राम्रो रहेको भन्दै रिलिजपछि सबै कुरा थाहा हुने जानकारी दिए । फिल्मका दुई अभिनेत्री सुरक्षा र बर्षाले पनि फिल्मको कथा एकदमै रमाइलो रहेकाले काम गरेको बताएका थिए । यो फिल्ममा गायक यम बराल सह निर्माताको रुपमा छन् । उनले, फिल्म क्षेत्रमा केही योगदान गर्ने उद्देश्यले लगानी गरेको बताए ।
नेपालय सिनेमा इन्टरनेशनल प्रालिको ब्यानरमा बन्न लागेकोयो फिल्मका निर्माता प्रेम प्रसाद पौडेल छन् । देविमाया अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा यम बराल, लेखबहादुर गुरुङ, रघु पुरी सह-निर्माता छन् ।
फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, अभिमन्यू निरवी र दिनेश न्यौपानेको पटकथा तथा संवाद, बसन्त सापकोटा, अर्जुन पोखरेल र यम बरालको संगीत, कविराज गहतराजको नृत्य, सूर्य थोकर र चन्द्र पन्तको द्धन्द्ध रहनेछ । फिल्मलाई ४० दिन लगाएर खिचिनेछ ।