सारी हरेक महिलाको पहिलो रोजाइ बन्ने गर्छ । तर, सारी प्राय विभिन्न कार्यक्रममा बाहेक महिलाले लगाउने गरेको पाइदैन । अझ, अभिनेत्रीहरु त खुलेको पहिरनमा नै बढी रमाउने गर्छन् । गर्मी मौसममा अधिकांश अभिनेत्रीको शरीरमा सारी भन्दा पनि खुलेका छोटा पहिरन हुन्छन् ।
अभिनेत्री बर्षा सिवाकोटी भने केही फरक छिन् । उनी, सधै नै साधारण पहिरनमा हिड्न रुचाउँछिन् । बर्षा भन्छिन्–‘सामान्य पहिरनमा हिड्दा दर्शकको प्रतिक्रिया पनि सामान्य नै आउँछ । खुलेका पहिरनमा नकारात्मक कमेन्ट धेरै आउँछ । यसैले, सामान्य पहिरनमा हिड्दा नै मलाई रमाइलो लाग्छ ।’
बर्षाको मनपर्ने पहिरन सारी पनि हो । उनी सारीमा आफू बढी खुल्ने बताउँछिन् । सारीलाई आफूले ट्रेन्ड नै बनाउन चाहेको उनी बताउँछिन् । सारीमा नारी जोपनि खुल्छन् ? बर्षालाई पनि सारी खुबै सुहाउने गरेको छ ।