सामाजिक संजालमा धेरै कलाकार सिमित छन् । फिल्ममा काम नपाएपछि सामाजिक संजालमै रमाएर आफूलाई कलाकारको उपमा दिनेहरु पनि धेरै छन् । मोडल सुष्मा अधिकारीको सामाजिक संजाल पनि उनका तस्बिरले सधै नै रंगिने गर्छ ।
दैनिक उनी कुनै न कुनै तस्बिर अपलोड गरिरहन्छिन् र सामाजिक संजालबाट लाइभ गर्छिन् । नेपाली फिल्ममा राम्रै स्थान बनाउने सोचका साथ आएपनि उनको त्यो चाहना पुरा भएन ।
उनको इन्स्ट्राग्राम त अझ हट तस्बिरले भरिएको पाइन्छ । सामाजिक संजालमा उनी निर्धक्क बोल्ड तस्बिर राख्छिन् । फिल्ममा करिअर बनाउन नसकेकी सुष्मा फाट्टफुट्ट म्यूजिक भिडियोमा देखिने गर्छिन् । उनको फिल्मी करिअर भने धरासायी नै भएको छ ।