नेपाली फिल्म क्षेत्रकी कुनै समयकी चर्चित अभिनेत्री हुन् निरुता सिंह । तर, निरुता अहिले फिल्म भन्दा केहि पर छिन् । निरुता मुम्बइमा बसेर आफूलाई अगाडि बढाइरहेकी छिन् । निरुताले नेपाली फिल्म नखेलेपछि उनका फ्यानले उनको खोजी पनि गरिरहेका छन् ।
यूएइमा आयोजना भएको ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’मा सहभागी हुन पुगेकी निरुताले आफूले राम्रो कथाको खोजी गरिरहेको बताएकी छिन् । नेपाली फिल्ममा कहिले फर्कनुहुन्छ भन्ने प्रश्नमा निरुताले आफूले राम्रो कथाको प्रतिक्षा गरेको बताइन् ।
निरुताले आफूलाई दर्शकले अझै पनि उस्तै माया गर्ने भन्दै आफू राम्रो कथा आएको खड्का कमब्या गर्ने सोचमा रहेको पनि बताएकी हुन् । नेपाली फिल्मका मानिसहरु भेट्दा परिवार नै भेट्न पाएजस्तो हुने निरुताको भनाई थियो ।