अभिनेत्री प्रियंका कार्कीले फिल्म क्षेत्रमा यात्रा थालेको ५ बर्ष पुरा गरेकी छिन् । फिल्म ‘थ्री लभर्स’ प्रदर्शन भएको मितिले आजैका दिनबाट उनले फिल्म क्षेत्रमा ५ बर्षे यात्रा पुरा गरेकी हुन् । ५ बर्षे यात्रामा फिल्म क्षेत्रमा प्रियंकाले धेरै कुरा प्राप्त गरेकी छिन् भने सधै चर्चामा पनि रहेकी छिन् ।
‘छक्का पन्जादेखि नाई नभन्नु ल’को सिरिजमा समेत काम गर्ने अवसर पाएकी प्रियंकाले ठूला ब्यानरका निर्माताको रोजाइमा आफूलाई पार्न सधै सफल भइन् । प्रेमको चर्चा, विवादस्पद बयान आदिका कारणले पनि उनलाई सधै चर्चा नै दिलायो । प्रियंका हाल आयुष्मान देशराजको प्रेममा छिन् । जसले उनको चर्चा भैरहेको छ ।
फिल्म क्षेत्रमा अभिनयसँगै गसिपका कारण पनि उनले धेरै हंगामा गरेकी छिन् । उनी, ५ बर्षको छोटो अवधीमा नै नेपाली फिल्मकी नम्बर १ अभिनेत्री बन्न सफल पनि भएकी छिन् ।