आज शुक्रबारबाट नयाँ नेपाली फिल्म हलमा लागेपनि त्यसले कुनै अर्थ राख्ने देखिएको छैन । एकाएक हलमा दर्शकले समेत पत्तो नपाउने शैलीमा फिल्म ‘दीपज्योती’ रिलिज भएको छ । यसैले पनि यो फिल्मले कुनै राम्रो व्यापार गर्छ भनेर अड्कल लगाउन सकिने अवस्था छैन ।
केहि दिन अगाडि मात्र ट्रेलर रिलिज गर्दै यो फिल्मको प्रदर्शन मिति तोकिएको थियो । फिल्मको मुख्य भूमिकामा अभिनेत्रीद्धय खुश्वु खड्का र रजनी केसीले काम गरेका छन् ।
खुश्वु नेपाली फिल्ममा अनलक्की अभिनेत्रीको रुपमा परिचित छिन् ।
झन्, त्यसमा हलमा उनी अभिनित फिल्म लाग्दा उनलाई कुनै पनि खालको फाइदा हुनेछैन । अभिनेत्री रजनी केसीको हालत पनि खुश्वुको जस्तै छ । दुबै असफल अभिनेत्रीलाई ‘दीपज्योती’ले राहत दिएछ भने, त्यो अनौठो कुरा हुनेछ ।