अरुले नभनिदिएपछि आफैले भनेर पनि चित्त वुझाउनु पर्यो नी होइन र ? अभिनेत्री नीता ढुंगनालाई पनि यस्तै भएको छ । पोखरामा आयोजना भएको एक कार्यक्रममा नृत्य गर्न पुगेकी नीतलाई दर्शकले वास्तै नगरिदिएपछि पर्नु पिर पर्यो ।
पोखरामा बढ्दै गएको जाडोमा पनि बबाल पहिरन लगाएर स्टेज चढेकी नीतालाई दर्शकले हुटिङ गरेनन् । आफू स्टेजमा आउँदा पनि दर्शक चुपचाप लागेपछि नीताले मुख खोलेरै भनिन्–‘यति हट मान्छे स्टेजमा आउँदा पनि खै त हुटिङ ? ‘सेक्सी हट गर्ल’ हुँ म ।’
नीताले आफै सेक्सी भनेपछि दर्शकलाई पनि ताली बजाउन कर नै लाग्यो । यसपछि, भने बल्ल नीतालाई जोश चढ्यो र उनी दर्शकदिर्घासम्म पुगेर नृत्य गर्न थालिन् ।
फिल्म क्षेत्रमा हट अभिनेत्रीको छवि नबनाउँदा नीतालाई स्टेजमा भने समस्या परेको छ ।