‘भर्जिन’ यूवाको मनोविज्ञानलाई पर्दामा उतारिने भएको छ । राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्म ‘मिस्टर भर्जिन’को घोषणा गरियो । फिल्मको छायांकन भोलीबाट सुरु हुनेछ । यो फिल्ममा गौरव पहारि, विजय बराल र कमलमणि नेपाल मुख्य रुपमा देखिनेछन् ।
यी ३ पात्रको यौन मनोविज्ञानलाई फिल्ममा उतारिएको छ । फिल्ममा मरिष्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जन सुब्बा लगायतका कलाकारले पनि काम गर्नेछन् । विशारद बस्नेतले यो फिल्म निर्देशन गर्न लागेका हुन् ।
फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी रहनेछ । यो फिल्मलाई खिलेन्द्र तिमिल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी, विशारद बस्नेतको लगानी रहनेछ । यो फिल्मलाई वैशाखको अन्तिम साताबाट रिलिज गर्ने तयारी गरिएको निर्देशक बस्नेतले जानकारी दिए ।
फिल्मको नाम ‘मिस्टर भर्जिन’ भएपनि यो पारिवारिक कथामा निर्माण हुन लागेको विशारदले बताए ।