यो बर्ष सर्वाधिक धेरै कमाउने फिल्मको सूचीमा अभिनेता सलमान खान अभिनित फिल्म ‘टाइगर जिन्दा हे’ले नाम लेखाउने कुरामा दुइमत छैन । केहि दिनमै यो फिल्मले ‘गोलमाल अगेन’को लाइफटाइम व्यापारलाई जित्ने छ । यो बर्ष सर्वाधिक कमाउने फिल्मको सूचीमा ‘टाइगर जिन्दा हे, गोलमाल अगेन, जुड्वा २, रइस, ट्वाइलेट एक प्रेम कथा’ परेका छन् ।
तर, अहिले सामाजिक संजालमा हुने चर्चाले पनि कलाकारको स्टारडम भ्यालू, फिल्मको बज आदिलाई मापन गर्न सकिन्छ । यो बर्ष भारतमा ट्विटरमा सबैभन्दा धेरै चर्चा फिल्म ‘रइस’को भएको छ । ट्विटर इन्डियाका अनुसार साहरुख खान र माहिरा खान अभिनित ग्याङस्टार फिल्मको बिषयमा सबैभन्दा बढी ट्विट गरिएका छन् ।
यस्तै, दोश्रो नम्बरमा भने अभिनेता सलमान खान अभिनित फिल्म ‘टाइगर जिन्दा हे’ छ । जसको चर्चा साहरुखको ‘रइस’को भन्दा कम भयो, तर बक्स अफिसमा सलमानले साहरुखलाई उछिने ।
यसपछि, फिल्म ‘पद्यमावती, ट्यूवलाइट’ले पनि आफ्नो स्थान बनाएका छन् ।