सार्वजनिक भएको २४ घन्टामै फिल्म ‘सत्रु गते’को लोकलयको गीतले रेकर्ड राखेको छ । ‘रुपै मोहनी’ बोलको गीतलाई २४ घन्टामै १ नम्बरको ट्रेन्डिङ मिलेको छ । यस्तै, २४ घन्टामै यो गीतलाई ८ लाख १५ हजार भन्दा बढी पटक हेरिएको छ । लोकराज अधिकारीको शब्द, मिना निरौला र टंक बुढाथोकीको स्वर, टंककै संगीत छ ।
यसअगाडि फिल्म ‘छक्का पन्जा २’को ‘नाइलनको साडी’ बोलको गीतलाई ८ लाख १६ हजार पटक हेरिएको थियो । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई दिर्घ गुरुङले खिचेका हुन् ।
यो गीतमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारलाई फिचरिङ गरिएको छ । मित्र देव गुरुङको सम्पादनमा तयार भएको गीतले फिल्मको हाइप पनि बढाएको छ । फिल्मलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् । यो फिल्म चैत्र ९ गतेबाट रिलिज हुनेछ । फिल्मलाई मह संचारले निर्माण गरेको हो ।