अभिनेत्री ऋचा शर्माको बिषयमा लेखिएको स्टाटसमा अभिनेत्री स्वस्तिमा खड्काले मुख खोलेकी छिन् । अभिनेत्री खड्काले भनेकी छिन्–‘ऋचाजी एउटा फिल्मकर्मी हो । उहाँले कुनै सार्वजनिक कार्यक्रममा गएर अर्को फिल्मीकर्मीविरुद्ध बोल्नु मलाई ठिक हो जस्तो लागेन । यो कुरामा दीपकराज गिरी र दीपाश्री निरौलाभन्दा बढी चित्त मलाई वुझेको थिएन । त्यसैले मैले यो बिषयमा कुरा उठाएको हो ।’
उनले मिडियामा खबर आएका कारण आफूले विश्वास गरेको पनि बताएकी छिन् । साप्ताहिक पत्रिका शुक्रबारसँग कुरा गर्दै उनले ऋचा शर्मा फिल्ममेकर्स भएर गएको कार्यक्रममा अरुको फिल्ममाथि त्यसरी बोल्न नमिल्ने बताइन् ।
उनले, अर्को फिल्मकर्मीको नयाँ प्रोजेक्टलाई असर पर्ने गरि बोल्न मिल्छ भन्दै प्रश्न समेत सोझाएकी छिन् । उनले, आफूले लेखेको स्टाटस हाइड भएको तर नहटाएको समेत बताएकी थिइन् ।