फिल्म ‘कृ’मा समावेश ‘यति यति पानी गंगा रानी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिएको गीतले युटुबमा तहल्का मच्चाइरहेको छ ।
अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर, मिस्टर आरजेको शब्द तथा संगीत, अल्मोडाको एरेन्ज रहेको गीतमा अभिनेता अनमोल केसीलाई फिचरिङ गरिएको छ ।
सार्वजनिक भएको २ घन्टामै १ लाख भन्दा बढीले हेरेको गीतले युटुबमा तहल्का मच्चाउने अड्कल लगाइएको छ । रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको गीतमा पुरुषोत्तम प्रधानको छायांकन छ ।
फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा अनमोल केसी, अदिती बुढाथोकी, अनुपविक्रम शाही, सरोज खनाल, कामेश्वर चौरासिया लगायतका कलाकारलाई देख्न पाइन्छ ।
फिल्मलाई सुवास गिरी र भूवन केसीले मिलेर बनाएका हुन् । डेजा भू क्लब र राजु पेन्टरले तयार पारेको भव्य सेटमा फिल्मको यो गीतको भिडियो खिचिएको छ ।
अभिनेता अनमोल केसीको डान्सको प्रशंसा धेरैले गरेका छन् । अभिनेताले आफ्नो डान्स सुधार गरेको भन्दै उनलाई अब कसैले रोक्न नसक्ने प्रतिक्रिया युटुबमा आएको छ ।